Breaking

केही महिनाभित्रै काँग्रेस नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छः शेखर कोइराला


काठमाडौँ— प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा। शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन्।

आज काठमाडौंमा विपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन्।

उनले गठबन्धनको टुटफुटको शृंखला केन्द्रबाट नभई सातवटा प्रदेशबाट सुरू हुने बताएका हुन्।

‘भोलि यही बागमती प्रदेशबाट शुरु हुन्छ।सातै वटै प्रदेशमा हुन्छ।केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ,’ उनले भने।

कोइराला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण सत्तामा जाने ‍प्रयास गरिराख्ने बताए।

‘हामी विपक्षमा छौं।हामी कोशिस गरिराखेका हुन्छौ, सत्तामा जानका लागि।त्यो स्वभाविक हो,’ उनले भने।

उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी टिआरसी विधेयकमा एमाले सकारात्मक नभएकाले त्यसलाई पारित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेसँग गठबन्धन गरेको बताए।

‘नेपाली काँग्रेस मानिहाल्छ भन्ने ठान्नुभयो,’ उनले भने, ‘तर, अदालतले दिएको निर्देशनलाई पालना गर्दै नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईट्स लगायका संस्थाहरूले भनेका क्राइटेरियालाघ लिएर मात्रै अगाडि बढ्छौं।’

कोइरालाले गठबन्धन फुट्दा कांग्रेसको साढे ७ प्रतिशत भोट घटेको बताउँदै उनले आगामी निर्वाचनमा एक्लै लड्ने बताए।