राजनीति

अनेरास्ववियुद्वारा उत्तरपुस्तिका हराएको घटनामा छानबिन गरि कारबाहीको माग


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिवि जिल्ला कमिटीले स्नातक तह प्रथम वर्षको उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गरी दोषिलाई कडा कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आज एक विज्ञप्ति जारी गर्दै १६५ थान पपुलेशन र १७६ थान एजुकेशनको उत्तरपुस्तिका हराएको घटनामा छानबिन गरी कारबाहीको माग गरेको हो ।

यस गतिविधि र लापरबाहीमा संलग्नलाई कारबाही नगरे आफैले कारबाही गर्ने अनेरास्ववियु चेतावनी समेत दिएको छ । आफ्ना मागलाई बेवास्ता गरिएमा मान्य नहुने र त्यसपछि निम्तने परिस्थितिको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय रहने चेतावनी समेत दिएको छ ।