राजनीति

रविको काँधमा ओलीको गिरीबन्धु प्रकरण, रामहरिको इजलासमा रविको बयान, जीबी मलेसियामा (भिडियोसहित)


काठमाडौँ— प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्रीमाथिको सहकारी ठगी प्रकरण मुख्य एजेन्डाको रुपमा प्रस्तुत गरिरहेको छ । तर सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई चोख्याउन सिंगो सरकारी संयन्त्र सक्रिय छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेपछि गृहमा पुनरागमन गरेका रवि लामिछाने सहकारी ठगी प्रकरणका कारण प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको घेराबन्दीमा पर्दै आएका छन् ।

सदनमा पटक पटक प्रयास गरे पनि कांग्रेसको विरोधका कारण बोल्न बञ्चित गृहमन्त्री लामिछानेले अन्ततः मिनी संसदको रुपमा रहेको संसदीय समितिमा भने बोल्न पाएका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रालयको गतिविधिबारे उनले जानकारी गराए । साथै गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको खण्डनसमेत गरेका छन् । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा सभापति रहेको समितिमा कांग्रेस सांसदले गृहमन्त्रीको राजीनामासमेत माग्न भ्याए । संसदमा राजीनामा माग्दै अवरोध नै गरेको कांग्रेस सांसदले समिति बैठकमा पनि सोही माग दोहो¥याएका हुन् ।

साथै समिति बैठक बोलाएको विषयमा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले आपत्ति जनाए । संसदमा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहार गर्दै आएको कांग्रेसले संसदीय समितिमासमेत उनलाई ¥याख¥याख्ती पा¥यो । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पोखरालगायतका कतिपय सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका थिए ।

सांसद बडुको प्रश्नमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम आए पनि अरु कुनै तथ्य नआएको भन्दै बचाउमा उत्रिए ।कांग्रेसका अर्का सांसद हृदयराम थानीले भ्रष्टाचारका विभिन्न प्रकरण आएको बताउँदै गिरीबन्धु टी स्टेट प्रकरणबारे छानबिन अघि बढाउन चुनौती दिए ।

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी स्टेट प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले जग्गा सट्टापट्टा गर्न स्वीकृत दिने विवादित निर्णय भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ‘ग’ लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही बदर हुने ठहर गरे पछि रोकिएको छ । यो विषय संसदीय समितिमा समेत उठेको थियो । तर गिरीबन्धु टी स्टेटको अनुसन्धानका सवालमा गृहमन्त्री लामिछानेले किटानका साथ प्रस्तुत हुन नसके पनि दोषी देखिए कोही कसैलाई नछाड्ने ठोकुवा गरे ।

सहकारी ठगी प्रकरणमा पटक पटक आफू चोखो रहेको दाबी गर्दै आएको र दागी देखिए तुरुन्त पदबाट हट्ने बताएका गृहमन्त्री लामिछानेका सवालमा प्रहरी प्रशासन आफँै जमानी बसेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ संसदीय समितिमा दिएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओलीले सदनको रोष्टमबाटै गृहमन्त्री लामिछानेलाई चोख्याई सकेका छन् । सत्तारुढ दलले सुनपानी छर्किए पनि कांग्रेसले यसलाई एजेन्डा कै रुपमा अघि बढाइरहेको छ । फलतः सहकारी ठगी प्रकरण झनझन पेचिलो बन्दै जाने देखिएको छ । यो विषयमा जति चर्चा भइरहेको छ त्यसअनुसार कार्यान्वयन पक्ष फितलो बनाइँदा कतै गृहमन्त्री लामिछानेलाई चोख्याउने प्रयास भएको त होइन ? भन्ने प्रश्न पनि उत्तिकै उठिरहेको छ ।

https://youtu.be/FPO06-19ic?si=x8K1Iet5LPaK26y