Breaking

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका रविन लामा जेल चलान भएका छन् । आज जिल्ला अदालत काठमाडौंले लामाविरुद्ध कैद पुर्जी जारी गरेको हो ।

अदालतको फैसला अनुसार उनी २०८२ फागुन १५ गते हुनेछन् । तर, जरिवानाबापत उनले थप दुई महिना सात दिन कारगारमा बस्नुपर्नेछ । त्यसकारण उनी २०८३ वैशाख २२ गते मात्र कैदमुक्त हुनेछन् । साथै अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन भनेको छ । उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो ।

गएको मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।