Breaking

भोलिदेखि माध्यमिक शिक्षा परीक्षा एसईई सुरु


काठमाडौँ – बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला(जिल्लामा पुर्‍याइएको जानकारी दिए । उनले परीक्षालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरे ।