Breaking

आईजीपीको स्पष्टीकरण : अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गर्‍यौं


काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए ।
महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले भने, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’

नेता महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको उनले बताए । तर अदालतले अस्पतालमा राख्नू भनेको र हिरासतमा राख्दा थप समस्या आउन सक्ने भएपछि हाजिरी जमानीमा छाडेको उनको भनाइ छ ।