Breaking

भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण छ : गृहसचिव


काठमाडौँ – गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहसचिव अर्यालले नेपाली महिलाहरुलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको बताए ।

उनले भने, ‘केही मान्छेहरुको प्रोफेसन यही छ र त्यस्ता मान्छेहरुलाई पोलिटिकल ब्याक छ । आवश्यक परेको बेला म भनौंला ।’

दलाल र विचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ । यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए ।