Breaking

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित


काठमाडौँ— प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।

कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ ।

बैठकमा सदस्यहरूले उठाएको प्रश्नको मन्त्री लामिछानेले जवाफसमेत दिनेछन् ।