Breaking

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला, हत्याको आशंका


काठमाडौँ— पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।

नुहाउन र कपडा धुन भन्दै खोलामा गएकी उनी बेलुकासम्म नफर्किएपछि खोजी सुरु भएको थियो ।

उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । खोलाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी अनुसन्धान भइरहेकाले के कति कारणले घटना भएको हो भन्नेबारेमा भन्न नसकिने पाल्पा प्रहरीले जनाएको छ ।