Breaking

सोमपाल र कुशल चम्किँदा नेपालको ऐतिहासिक जित, आयरल्यान्ड क्लिन स्वीप, हौसियो नेपाली टोली (भिडियोसहित)


काठमाडौँ— घरेलु टोली नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याडमाथि सानदार जित हात पारेको छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । मंगलाबार सम्पन्न दोस्रो खेलमा ७१ रनले पराजित गर्दै नेपालले शृंखला २–० ले क्लिन स्वीप गरेको हो ।

दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । घरेलु टोली नेपालले दोस्रो टी २० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको हो । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी २० सिरिज पनि जितेको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनायो । आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
मोर्गन टपिङ २१, केड कार्माइकल १८, रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए । आयरल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल र सोमपाल कामीले ३÷३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १÷१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका कुशलले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे । यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे ।
आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १÷१ विकेट रह्यो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी २० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।