Breaking

ब्रेकअपको हल्ला चलेका एलिना र विष्णुको वैशाख ५ गते विवाह हुदैँ


काठमाडौँ – गायिका एलिना चौहानले विवाह गर्ने भएकी छिन् । गायिका एलिनाले प्रेमी विष्णु सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्ने भएकी हुन् । झापाबाट उनीहरूको विवाह हुन लागेको हो।

दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्। एलिनाले भनिन्, ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु ।’

अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका गीतकार सापकोटा बागलुङ निवासी हुन् । गायिका एलिनासँग विष्णुको भेट गत वर्षको तीज कार्यक्रममा भएको थियो । तर, उक्त समयदेखि प्रेम सम्बन्धमा रहेपनि केहि समय अगाडी यी दुईबीच ब्रेकअप भएको खबर फैलिएको थियो ।