Breaking

रङ्गहरुको पर्व होलीको रौनक (फोटोफिचर)


काठमाडौं । फागु पर्व, आईतबार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँएको छ ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ ।

यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ । आईतबार काठमाडौं सहित पहाडी तथा हिमाली क्षेत्रमा होली मनाईएको छ, भने सोमबार तराईका बिभिन्न जिल्लामा होली खेलीन्छ ।