Breaking

प्रमाण सहित उजुरी परेमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ : नेकपा एमाले


काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रमाण सहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ ।

कुनै औपचारिक निकायमा प्रमाण सहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

तर अहिलेसम्म गृहमन्त्री लामिछाने विरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए ।

नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछाने विरुद्ध सहकारी ठगीका विषयमा उजुरी परेकाले उनले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।