समाचार

हुम्ला सवारी दुर्घटनामा दुई जनाको मृत्यु


हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका ४ मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सुप ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।