समाचार

दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु , एक गम्भीर घाईते


दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु भएको छ ।

एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज दिउँसो करिब दुई बजेको समयमा विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै करेन्टबाट ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ