Breaking

गृहमन्त्री स्पष्ट्रिकरण : कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडीएको हो


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् ।

शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माओवादी उपाध्यक्ष महरालाई पक्राउ गरेको थियो ।

उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अनुमति मागेकामा जिल्ला अदालत काठमाडौंले ४ दिन मात्र समय दिएको थियो । अदालतले दिएको ४ दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।

सत्ता साझेदारीमा रहेका प्रमुख चार दलबीच दोषी जोसुकै भए पनि नछाड्ने सहमति भएको गृहमन्त्री लामिछानेले बताए ।