Breaking

चट्याङ लागेर एकको मृत्यु, सातजना घाइते


काठमाडौँ – बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । गएराति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

चट्याङमा घाइते एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।