Breaking

निरंकुश बन्दै मोदी, केजरिवाल थुने, राहुलको खाता रोक्का, चुनावको मुखमा विपक्षी लपेट्दै


काठमाडौँ – भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै भारतमा चर्को विरोध भइरहेको छ । आमनिर्वाचन सुरु हुन भारतमा अब केही साता मात्रै बाँकी छ । आमनिर्वाचनकै मुखमा यसरी पक्राउ पर्नुलाई विश्लेषकहरुले राजनीतिक षडयन्त्र मानेका छन् ।

भारतमा आमनिर्वाचन सुरु हुन केही साता बाँकी छ । अप्रिल १९ देखि सात चरणमा निर्वाचन हुने निर्वाचन आयोगले घोषणा गरिसकेको छ । चुनावको सरगर्मी बढेसँगै दलका नेताहरु जनताको घर दैलोमा पुग्न व्यस्त छन् । तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदी प्रधानमन्त्रीको कुर्सी नछोड्ने छाँटकाटमा छन् । त्यसो त मोदीको उदयसँगै भारतमा उनले आफ्ना विरोधीहरुलाई सकाउन चाहान्छन् उनी । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भनिए पनि मोदीले अहिले लोकतन्त्रलाई मृततुल्य बनाएको प्रतिपक्षीहरुको आरोप छ । के उनी निरंकुश बन्दै गएका हुन् ? भन्ने शंकालाई पछिल्लो घटनाक्रम थप बल पु¥याएको देखिन्छ । यस अघि राहुल गान्धीलाई विभिन्न अभियोग लगाएर फसाउन खोजेका मोदी सरकारले चुनावको मुखैमा दिल्लीका मुख्यमन्त्री केजरिवाललाई पक्राउ गरेका हुन् । । केजरिवाललाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण भइरहेको छ । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् । भारतीय मिडियालाई गोदी मिडियाको उपनामले पनि चिनिन्ने गरिन्छ । सधैँ मोदीकै जयजयकार गर्दै चलिरहेका सञ्चार क्षेत्रले पनि एक हिसाबले उत्तर कोरियाकै झल्को दिन्छन् ।


विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारतको छवि मोदीको कार्यकालमा धुलिसात भएको आरोपसमेत छ । उनले देशभित्रका धार्मिक अल्पसंख्यक, खासगरी मुस्लिमहरूलाई निरन्तर दमन गर्दै आएका छन् । हिन्दू जनसंख्यामा भने उनको लोकप्रियता चुलिँदो छ । चुनाव अघि नै राम मन्दिर उद्घाटन गरेर मोदीले आफ्नो शक्ति प्रर्दशन गरिसकेका छन् । आफ्नो कट्टर विरोधीलाई सकाउन खोज्ने मोदीले केजरीवाल र उनको आम आदमी पार्टी (आप) माथि मदिरा नीति निर्माण गर्दा अनियमिता गरेको आरोप लगाइएको छ । उलने मदिरा डिलरहरुसँगै आर्थिक लेनदेन गरेर उनीहरूको स्वार्थमा काम गरेको भन्दै छानबिन सुरु गरिएको थियो । यद्यपि, केजरीवालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् र उनको पार्टीले यो गिरफ्तारीमा राजनीतिक षडयन्त्र रहेको बताएको छ । यही विवादमा आपका अन्य दुई जना नेतालाई यसअघि नै गिरफ्तार गरिएको थियो ।
यसलाई लिएर केजरीवालले मोदीको भारतीय जनता पार्टीमाथि संघीय एजेन्सीहरूलाई प्रयोग गरेर विपक्षीलाई निशाना बनाइएको आरोप लगाइरहेका थिए । केजरीवाललाई प्रहरीले पक्राउ गर्दा आपका कार्यकर्ताहरूले बिहीबार उनको निवासबाहिर जम्मा भएर नाराबाजी गरेका थिए । आपका कार्यकर्ताहरूको अवरोध पन्छाउँदै इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी) का अधिकारीहरूले केजरीवाललाई लिएर हिँडेका थिए । भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । केजरीवाल पक्राउ परेसँगै अहिले भारतमा सत्ता पक्ष र विपक्षी बीच आरोपप्र्रत्यारोप तीव्र बनेको छ । साथै यसले भारतको राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएको छ । यो घटनाले निकट भविष्यमा हुन लागेको आम निर्वाचनमा कस्तो प्रभाव पर्छ त्यो भने चुनावको नतिजाबाटै निर्धाण हुने छ ।