Breaking

बाँसबारी कारखानाको जग्गा सरकारको नाममा आयो


काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले भने, ‘मालपोत ऐनको दफा २४ अनुसार हामीले उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएको निर्णय गरेको छ ।