Breaking

स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील छ : मन्त्री यादव

योहो संवाददाता

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताए ।

जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा आजदेखि ललितपुरमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री यादवले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

सो संस्थाले सेवा प्रवाहको कामलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याए । नेपालमा कोभिड, भूकम्प लगायतका संकटको बेलामा इमर्जेन्सी मेडिसिन टोलीले नेपालमा खेलेको भुमिकाको प्रशंशा गर्दै उपप्रधानमन्त्री यादवले आउने दिन पनि सो कामलाई अझै व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा पनि नेपाल सरकारले गरेको बताए ।