Breaking

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन् ।

बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले महरालाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छाडेको हो । महरालाई रिहा गरिएसँगै परिवारको जिम्मा लगाएर पठाइएको सिआइबीले जनाएको छ ।

चैत ५ गते पक्राउ परेका महारमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको थियो । गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।।