Breaking

ताइवानलाई तह लाउँदै चीन, युद्ध लड्न तयार, चिनियाँ सेना ताइवानको सीमामा, सम्बन्ध झनै बिग्रियो


काठमाडौँ – ताइवान र चीनबीच तनाव कायम छ । बुधबार र बिहीबार बिहान चिनियाँ सेनाले ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास नै गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसको बदलामा ताइवानको सेनाले जवाफ दिएको बताएको छ । योसंगै चीन र ताइवानबीच फेरि टसल बढ्ने देखिएको छ ।


चीन ताइवानबीचको सम्बन्ध अहिले निकै खराब मोडमा अघि बढिरहेको छ । चीनले आफ्नो प्रान्त मान्दै आएको ताइवानमा केही वर्ष अघि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेलगत्तै क्रुद्ध बनेको चीनले ताइवान वरपर आफ्नो शतिm प्रदर्शन गरेको थियो । पछिल्लो पटक पनि चिनियाँ सेनाले ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको छ । ताइवानको रक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मार्च २० र २१ तारिख बिहान करिब ६ बजे ताइवानको सीमानामा ३२ वटा चिनियाँ लडाकु विमानहरू देखिएको बताएको छ । साथै ताइवानको सीमा नजिक चिनियाँ नौसेनाका पाँच युद्धपोतहरू पनि देखिएको विज्ञप्तिमा जनाइएको छ ।
पिपुल्स लिबरेसन आर्मी (पीएलए)का यी ३२ विमानमध्ये २० लडाकु विमान ताइवान स्ट्रेट पार गरी दक्षिण–पश्चिम, दक्षिण पूर्वी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड)मा छिरेको बताइएको छ । ताइवान चीनको सत्तारुढ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि संवेदनशील मुद्दा रहँदै आएको छ । जनवादी गणतन्त्र चीनले ताइवान आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । चीनले ताइवानलाई नियन्त्रणमा लिन बल प्रयोगको सम्भावनालाई नकारेको छैन । चीनले बारम्बार अमेरिकी अधिकारीलाई ताइवानी नेताहरूसँग अन्तत्र्रिmया नगर्न वा तिनलाई कुनै पनि बहानामा अमेरिका प्रवेशको अनुमति नदिन आग्रह गर्दै आएको छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले ताइवानसँगको पुनःएकीकरण हासिल गर्नैपर्ने भन्दै आवश्यक परेमा त्यसका लागि बल प्रयोग गर्न सक्ने सम्भावनालाई उनले नकारेका छैनन् । यता अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन् । चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र दोस्रो विश्वयुद्ध समाप्तिपछि कहिल्यै नदेखिएको गतिमा उसले सेना र आणविक हतियार निर्माण गर्नुले त्यही देखिएको उनको भनाइ छ ।

आफूले अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड सम्हालेको तीन वर्षमा चिनियाँ जनमुक्ति सेनाले ४ सय वटाभन्दा बढी लडाकु विमान र २० वटाभन्दा बढी ठूला युद्धपोत थपेको उनको भनाइ छ । त्यस्तै, चीनले २०२० यता ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रको संख्या पनि दोब्बर पारेको अकिलिनोले बताए ।
२०२७ सम्म ताइवान आक्रमणका लागि तयार हुँदैछ,’ उनले भने, ‘आदेश आए ताइवानलाई मुख्यभूमिसँग बलपूर्वक एकीकरण गर्ने क्षमता त्यो अवधिमा हासिल गर्न तयार हुँदै गरेको पीएलएका गतिविधिले देखाउँछन् । ताइवानमाथि आक्रमणको सैन्य अभ्यास पनि चिनियाँ सेनाले गरिरहेको उनको भनाइ छ । अन्तराष्ट्रिय सञ्चारमाध्यको सहयोगमा योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।