राजनीति

शेर्पा विद्यार्थी संघको महाधिवेशनको तयारी पूरा


काठमाडौँ – शेर्पा विद्यार्थीहरूको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघको १४औं महाधिवेशनको तयारी पूरा भएको छ ।

यही चैत १० गते काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा हुने महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन सह–संयोजक तथा कार्यबहाक अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
महाधिवेशनमा विभिन्न १६ वटा जिल्ला र काठमाडौँका १२ क्याम्पसबाट प्रतिनिधि र परिवेक्षकहरू सहभागी हुने शेर्पाले बताउनु भयो ।
२०५० सालमा स्थापना भएको नेपाल शेर्पा विद्यार्थी संघ सामाजिक संस्था हो ।


शेर्पा विद्यार्थीका साथै शेर्पा समुदायको हक, हित र अधिकारको लागि अग्रसर रहेर संस्थाले काम गर्दै आइरहेको कार्यबाहक अध्यक्ष शेर्पाले बताउनुभयो । अधिवेशनमा अध्यक्षका आकांक्षीहरू धेरै भए पनि सबैलाई मिलाएर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।