Breaking

सरकारलाई सांसद यादवको प्रश्नः किसानलाई मलको अभाव हुन नदिने योजना के छ ?


काठमाडौं ।जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनि सरकारलाई प्रश्न गरे ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

विगतमा भएका अर्थमन्त्रीहरुले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अव मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराए । प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिएकाछन् । उनले धनिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।