Breaking

प्रचण्डको नजरमा रवि निर्दोष, छानबिनदेखि किन डराए ? रवि लपेट्दै कांग्रेस, जवाफ दिन पाएनन्


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका विभिन्न प्रश्नको जवाफ दिएका छन् । यसक्रममा सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई किन गृहमन्त्री नियुक्त गरिएको भन्दै संसद अवरोध गरिरहेको कांग्रेसको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिए । तर प्रधानमन्त्रीको जवाफमा चित्त नबुझाएको कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग ग¥यो ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन सुचारु हुने बित्तिकै सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा ग¥यो । कांग्रेस सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले दीपक गिरीलाई बोल्न समय दिए । उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको समेत नाम मुछिएको भन्दै राजीनामा दिन माग गरे । यसपछि केही सांसदले आफ्नो धारणा राखेपछि संसदको कारबाही अघि बढाउँदै सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसदहरुले राखेका प्रश्नको जवाफ दिन समय दिए । प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नै नपर्ने प्रहरीले ब्रिफिङ गरेको जवाफ दिए । तर उक्त जवाफमा चित्त नबुझाएको कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग अघि सा¥यो ।

प्रधानमन्त्रीको जवाफमा चित्त नबुझाएको कांग्रेसले गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै भोलिदेखि संसदमा अवरोध गर्ने चेतावनी दिएको छ । बैठक पछि बाहिरिने क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले अबको संसद बैठकमा कांग्रेसले अवरोध गर्ने बताए । प्रधानमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको र छानविन समिति गठन नभएसम्म संसद अवरोध गर्ने उनको भनाइ थियो ।

नयाँ समीकरणपछि प्रतिपक्ष कित्तामा पुगेको कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा तथा उनीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसदको नियमित कारबाहीमा अवरोध गर्ने स्पष्ट सन्देश दिएको छ । यसले भोलिदेखिको संसद बैठक प्रभावित हुने निश्चित छ । संसद बैठक प्रभावित हुनुमा सरकार स्वयम् जिम्मेवार हुने कांग्रेसको आरोप छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमामार्फत एकीकृत गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने गृहकार्य गरिरहेको बताएका छन् । प्रश्नोत्तरमा सांसदले स्वास्थ्य बीमाका विषयमा सोधको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले स्वास्थ्य सुरक्षाका सबै किसिमका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गरेर स्वास्थ्य बीमा राष्ट्रिय गौरवको अभियानको रुपमा लैजाने तयारी रहेको बताए ।

यस्तै संसद बैठकमा जनजीविकाका सवालदेखि विभिन्न विषयमा सांसदहरुले सोधेका १३ प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका थिए ।