Breaking

रवि–गगन दोस्ती कि दुस्मनी ? स्वर्णिम र मनिषको रोलदेखि प्रधानमन्त्री बनाउने खेलसम्म, को होला सफल ?


काठमाडौँ अहिले संसद रवि लामिछाने भर्सेस कांग्रेस जस्तो देखिन थालेको छ । ठूला फायल खोलेर तथा आफ्नै सहयात्री दलका नेतालाई समेत पक्राउ गर्न लागि परेका उनकै कारण गठबन्धन फुट्ने आशामा कांग्रेस देखिन्छ । सोमबारको संसद बैठकमा त एक एक गरेर कांग्रेस नेताहरु उनीमाथि खनिदा घण्टी कांग्रेसको उपमा पाएका गगनले पनि घुमाईघुमाई रविलाई प्रहार गरे ।

सहकारी प्रकरणमा जोडिएको व्यक्ति भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहार गरिरहेको कांग्रेस त्यसैमा गठबन्धन फुटाउने आधार देखिरहेको छ । झट्ट हेर्दा स्वार्थ बाझिएको व्यक्तिमाथिको प्रश्न पनि देखिने, सम्भावित फाइलको तारो आफूतिर आउनबाट बच्न सकिने बुझेको उसले जवाफ माग्दै संसद नै अवरुद्ध गरेको थियो । जसको जवाफ आफूले दिन पाए कांग्रेस बेहोस हुने तथा पुरानो दल भएर पनि पढाउन आवश्यक देखिएको भन्दै रविले उत्तर फर्काउँदा त्यही उत्तरमाथि पनि कांग्रेसका नेताहरु खनिए ।

विशेषत तनहुमा गुमेको विरासत र त्यसमा आफ्नै मान्छे डा. स्वर्णिम वाग्लेलाई जिताएपछि गगन राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रमक रहँदै आएका थिए । फलतः सहकारी मुद्दा पेचिलो बनाउने अवसर पाएको कांग्रेस यसलाई अदालतसम्म पुर्याउने तयारीमा छ । जसमा सोमबार त युवा नेता भनिएका तथा पार्टीभित्र घण्टी कांग्रेसको उपाधी पाएका महामन्त्री गगन थापा बढी आक्रामक देखिए । प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको प्रहरी प्रशासनबाट त्यसको निष्पक्ष अनुसन्धान हुन्छ भनेर पत्याउन नसकिने भन्दै प्रश्च उठाए । पोखरा महानगरपालिकाले बनाएको छानविन समितिले तयार गरेको ८९ पेजको रिपोर्टमा सय जना मानिसले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको उनले बताए । बढो प्राविधिक सुनिएका उनले त्यो रिपोर्टको ८८ पृष्ठमा त्यस्ता नक्कलीको सूचीमा रविको नाम पनि रहेको मात्रै बताएनन् कहिले कति मिनेट र कति सेकेण्डको उत्तर दिए त्यो हेरेको भन्नसमेत भ्याए । एक जनालाई छोडिदिने हो भने सबैलाई छोड्नुपर्ने अवस्था आउने थापाको तर्क गरेका उनले यस्तो मागले कुनै विषय निष्कर्षमा पुग्ने रहेको भन्ने विगतको प्रतिपक्षीबाट थाहा पाएको भन्दै एमालेलाई समेत उक्साए ।

कानुनी रुपमा हेर्ने हो भने ती सहकारीका पदाधिकारीविरुद्ध मात्रै उजुरी लिनसक्ने अवस्थामा प्रहरी छ । जसले रविलाई यसमा जकाउने सम्भावना कम हुँदा यो ठगी नजिर बन्ने र देशभरकै सहकारी समस्यामा पर्ने भाष्य निर्माणमा विपक्षी लागेका छन् । जसले अन्य सहकारी पीडितहरुसमेत उत्तेजित बन्दा पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पीडितले बुझाएको ध्यानाकर्षण पत्रसमेत गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । जुन प्रश्न रविको कामले अझ ओझेल पर्ने डरमा प्रश्न उठाउनेहरु देखिँदा आफू सत्तामा हुँदा चुप बस्ने तर अहिले कराउने कांग्रेसको दोहोरो चरित्रमै प्रश्न छ । कतै उसको डर फाइलहरु आफ्नै घरसम्म आइपुग्ने डर त हैन भन्ने आशंका गरिँदा आफ्नै पार्टीकालाई पनि कारबाहीको माग गर्ने मै हँु भन्दै गगन भने जोगिएका छन् ।

यता रवि पनि आफूमाथि प्रश्न नै उठेको मन्त्रालयमा जान रहर गर्दा उनीमाथि उठेका प्रश्नबाट भागिहाल्न सक्ने अवस्थामा भने छैनन् । जसको उत्तर दिने भन्दा मौका पाउनासाथ कांग्रेसलाई ९ मिनेट १८ सेकेण्ड पढाउने भन्दै आफूमाथि प्रश्न नै गर्न नहुने जसरी प्रस्तुत भइरहेका छन् । विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेको लहैलहैमा लागेर संसद अवरुद्ध गरेको बिर्सिएर कांग्रेसमाथि खनिएका उनलाई विगतको चर्को बोली भारी पर्दैछ ।

हुन त फलानोले गर्दा हुन्छ भने मैले गर्दा के हुन्छ भन्ने तर्क नै अहिले घातक छ । जसबाट रवी अछुतो नरहने पक्का रहँदा नयाँ भनिएकाहरु अझ बढी जवाफदेही र पारदर्शी हुन आवश्यक छ । त्यसकारण रवि माथिको प्रश्न कांग्रेसले वा पुराना दलले उठाएकै कारण फसाउने खेल हो भन्ने छुट पनि छैन । तर नैतिकतालाई पोलेर खाएकाहरुले अर्कोलाई नैतिकता पढाएको दृश्यले लाजसमेत लजाएको छ । खराबबाट कम खराब जिताउनु पर्ने र कर्तव्यमात्रै पूरा गर्दिए पनि जयजयकार गनुपर्ने बाध्यतामा रहेको नेपाली नागरिकले सबैको हिसाब किताब र लेखाजोखा समय आएपछि गर्ने नै छन् ।