Breaking

बागलुङको जाउलेपानीमा बस दुर्घटना,७ जनाको मृत्यु


रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु विार थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।