Breaking

महरालाई ४ दिन हिरातमा राख्न अदालतको आदेश


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई ४ दिन हिरातमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमोदन गरेको छ ।

न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई आजै काठमाडौँ ल्याउन ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले सोमबार बिहान उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।