अपराध

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार जीवन गुरुङ रिहा


काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङलाई धरौटीमा रिहा गरिएको छ ।

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले फागुन १४ गते पक्राउ गरेको थियो । भेपभीत्र लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा उनी मुछिएका थिए ।