समाचार

दुर्गा प्रसाईका बडीगार्ड पक्राउ


काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आज दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिनुभयो ।

प्रहरीले दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ । यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।