Breaking

महरालाई सरकारी वकिलको कार्यालयमा लगियो


सुन प्रकरणमा पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई म्याद थपका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा लगेको हो । उनलाई आजै बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

यसअघि हिजो गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएको थियो । २०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ९ किलो सुन ल्याएका थिए ।

७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो ।।