Breaking

राष्ट्रिय सरोकार समितिको सभापतिमा शेर्पा निर्वाचित


काठमाडौँ – राष्ट्रियसभा अन्तर्गत संघीता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोनाम गेल्जेन शेर्पा आज सर्वसम्मत निर्वाचत हुनुभएको छ ।

शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । सपथ लगत्तै सभापति शेर्पाले पद बहाली गर्नुभएको छ ।

पद बहाली गर्दै उहाँले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताउनुभयो । उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ ।