Breaking

कृष्णबहादुर महरालाई जहाजमा ल्याइयो काठमाडौँ


काठमाडौँ – सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवाबाट काठमाडौँ ल्याइएको छ।

पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको हो।

महरालाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको प्रहरी स्रोतले जनाएको छ।