Breaking

ओली प्रधानमन्त्री बन्ने संसदको गणित, माधव मिलनले पक्का, प्रचण्डलाई लाग्दैछ ठूलो धक्का


काठमाडौँ – तत्कालीन सत्ता गठबन्धन ढालेर नयाँ समीकरण बनाएका केपी शर्मा ओली यतिबेला शान्त देखिएका छन् । भाग लिने विषय मै समेत दाबी गर्ने भन्दा पाएको लिने गरेका ओलीले सम्भावित अनुहारलाई सरकारमा समेत पठाएनन् । त्यस्तै ठूला दलको गठबन्धन आवश्यक रहेको भन्दै कांग्रेस नेताहरु जुट्न खोज्दा प्रधानमन्त्रीलाई आशंका कम गर्नेभन्दा माथि उनी बोलेकासमेत छैनन् । त्यसो भए ओलीको सम्भावित दाउ के हुन् सक्छन् त ?

कांग्रेससँगको माओवादीको गठबन्धन आफूले फुटाएकाले चीनलाई जस दिन पर्दैन भन्ने टिप्पणी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली तत्काललाई सफल छन् । विपक्षमा पुगेको पार्टी एकाएक सत्तामा पुगेको छ भने केही थान मन्त्री पाएको छ । सबैभन्दा ठूलो कुरा त वामगठबन्धनको बाटो तय भएको भन्ने बहाना पनि मिलेको छ । साथै अहिलेको समीकरण स्वजातीयहरुको गठबन्धन भन्ने तर्क दिन पनि पाइएको छ । अझ कसैसँग नमिसिए पार्टी ठूलो हुन नसक्ने बाध्यताको विकल्प मिल्दा सत्तामा नभएकै कारण पार्टीमा निष्क्रिय रहने केही अवसरवादी हिस्सालाई रोक्न सफल भएका छन् । यसरी हेर्दा सफलताको चुचुरोमा रहेका ओलीआफूलाई शक्तिको ईपीसेन्टर सोचिरहेका छन् । विगतमा प्रधानमन्त्री छोड्नुभन्दा संसद विघटनकै बाटो रोजेर पार्टी नै फुटेको इतिहास बिर्सिदै उनी अहिले आफूलाई नेतृत्वमा पुग्नु नभएको बताइरहेका छन् । अर्थात बढो त्यागी देखिएका ओली कम्युनिस्ट एकताका लागि यस्तो गरिरहेको भाष्य निर्माण गरिरहेका छन् । हुनपनि सरकारमै गृह,अर्थ,परराष्ट्रजस्ता मन्त्रालय दाबी गर्नेहरुलाई दिएर बाँकी रहेकै स्थानमा उनी खुसी बनेको स्वाग पारिहेका छन् । तर उनका लागि यो नै सफलता भने होइन । बल्ल खेल सुरु भएको बुझेका उनले गरेको त्यागसमेत बल्छीभन्दा माथि नभएको विश्लेषकहरु बताउँछन् । अहिले कांग्रेसलेपनि मिलौँ भन्ने र वाममिले पनि फाइदै हुने अवस्थामा रहेका उनी शान्त छन् । न सरकारविरुद्ध उठेको प्रश्नको खरो प्रतिवाद गरेका छन् न विपक्षीविरुद्ध नै खरो उत्रिएका छन् । बरु केही शब्द प्रचण्डले आफूमाथि आशंका नगरुन् भने जसरी प्रस्तुत भइरहेको उनी निसाना अन्तै ताकिरहेका छन् ।

‘शेर–शेर एउटै स्थान रहँदैन धेरै बेर’ भन्ने बुझेका ओलीलाई प्रचण्डभन्दा माधवकुमार नेपाल नै फाइदाजनक छ । माधव मात्रै मिसिए एमाले पहिलो पार्टी बन्छ भने यो सरकार ढल्दा पनि कांग्रेस फाइदामा पुग्ने अवस्था रहँदैन । जसले प्रचण्ड सरकार कायम राखिराख्नुपर्ने बाध्यताबाट मुक्त हुने ओली त्यो अवस्था बनेकै दिन विश्वासको मत फिर्ता लिन पछि पर्ने छैनन् । त्यस्तै रवि लामिछानेलाईअघि बढाएर समीकरण तलमाथि गर्ने बाटो बाँकी नै रहँदा रविकै सक्रियताले माओवादी ध्वस्त हुने स्थितिसमेत ओलीकै लागि फाइदाजनक छ । जसले प्रचण्डरहित वामएकताको बाटो तय हुने सम्भावना देखिरहेका ओलीलाई सबैथोक गुमाएर भएपनि प्रचण्डसँग बदला लिने कांग्रेसको आक्रोशले अझ सहजता थपेको छ । त्यस्तै राजेन्द्र लिङदेनको राप्रपा,उपेन्द्र यादवको जसपादेखि प्रभु यादवसम्म ओलीको कित्तामै छन् । जसले वैकल्पिक समीकरणकै बाटोसमेत ओलीलाई छ । यही बुझेका कारण कांग्रेसले हार नमान्दा कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताउँन थालेका छन् ।

हुन त अहिलेको अस्थिर अंकगणितीय संसदमा सरकार फेरबदलको सम्भावना सधैँरहनेछ । तर सरकार मै जानका लागि मात्रै एक चोटी धोका खाएकै प्रचण्डलाई बोक्नुपर्ने बाध्यतामा ओली थिएनन् र छैनन् । न त उनी यसैबाट कम्युनिस्ट नामधारी एक होलान् भन्नेमै विश्वस्त छन् । त्यही अवस्थामा प्रचण्डपनि रहँदा माओवादी र कांग्रेसकै तानातानमा माधवकुमार नेपाल पर्नु चाहिँ अर्थपूर्ण छ । जुन घटनाक्रम माधव नै प्रधानमन्त्री हुने किसिमले अघि बढ्न सक्ने सम्भावनासमेत उत्तिकै रहँदा त्योसमेत ओलीकै खेलमा भए अनौठो हुने छैन ।