Breaking

तेह्रथुमको फेदाम आगलागीमा परी १६ घर जले, आगो नियन्त्रण बाहिर


तेह्रथुममाको फेदाप गाउँपालिका–१ सिम्लेमा आज अपरान्हदेखि सुरु भएको आगलागीमा परी १६ घर जलेका छन् ।

गाउँको पुछारमा रहेको वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो । आगलागीबाट अहिलेसम्म खरको छाना, डुंगा माटोले बनेका १६ वटा घर जलेको र अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको फेदाम गाउँपालिकाका वडाध्यक्ष केशव प्रसाद भेटवालले जानकारी दिनुभयो ।

भूगोलका कारण बस्तीमा दम्कल जान सक्ने अवस्था नभएका कारण अहिले पनि अन्य घरहरुमा पनि आगो सल्किरहेको छ । आगो नियन्त्रणका लागि सदरमुकाम म्याङलुङबाट जनपथ, शसस्त्र प्रहरी र स्थानीयले पहल गरिरहेको भएपनि नसकिएको वडाध्यक्ष भेटवालले बताउनुभयो ।

आगलागीले के कति क्षति भयो ? भन्ने यकिन भएको छैन । आगलागिबाट केही पशु चौपाया समेत मरेका छन् ।