Breaking

प्रचण्डमाथि बाबुरामले आगो ओकले, राष्ट्रघातिको संज्ञा, मन्त्री खान नेता हिडेपछि हिसिला र मानुषीमात्रै बाँकी (भिडियोसहित)


काठमाडौँ— डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठन भएको दुई वर्ष नवित्दै विभाजित भएको छ । नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले भट्टराईसँग छुट्टिएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । पार्टी एकता गर्ने सहमतिसहित गत मंसिर ४ को संसदीय चुनावमा एउटै चुनाव चिह्नमा चुनाव लडेपनि प्रचण्डले सत्ता समिकरण उलटफेर गरेपछि असन्तुष्ट भट्टराई, प्रचण्डको खेदो खन्न उत्रिएपछि बालुवाटारकै सक्रियतामा पार्टी विभाजन भएको विश्लेषण हुन थालेको छ ।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठन भएको दुई वर्ष नवित्दै विभाजित भएको छ । नेसपाका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गर्दै शनिवार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग एकताको हात मिलाएपपछि बाबुरामको पार्टी विभाजित भएको हो ।
नेसपाका अध्यक्ष महिन्द्र राय यादव सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहितको समुहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरण फेरेपछि बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिएको साता दिनमै प्रचण्डले नेसपा फुटाएर बाबुरामसंग बदला लिएकाछन् । स्मरण रहोस बाबुरामले गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई उठाएर जिताएका थिए । तर अहिले प्रचण्डले उबेलाको गुण विर्सिएर बाबुरामलाईनै पाखा लगाई पार्टी फुटाईदिएकाछन् ।

नेसपा बाट माओवादीकामा विलय भएका सांसदहरु पनि सोझो अर्थमा प्रचण्डको पछि भन्दा पनि मन्त्री बन्ने लोभले भट्टराईलाई धोका दिएरै प्रचण्डको सामु त्वम शरणम परेको चर्चा छ।
रमेशप्रसाद यादव नेसपाका संघीय सांसद र गंगा नारायण श्रेष्ठ बाग्मती प्रदेश सांसद हुन । प्रचण्डसँग पार्टी एकता गर्ने सवालमा तत्काल बाबुराम बाधक बनेपछि पार्टी नै फुटाएर माओवादीसँगको एकतामा देखाएको हतारोले यसैको संकेत गर्छ । अध्यक्ष भट्टराई समूहले तत्काल कुनैपनि राजनीतिक दलसँग कुम नजोड्ने बताउदै आएका बेला,प्रचण्डले पार्टी फुटाएर एउटा तप्कालाई आफ्नो बसमा पारेकाछन् । बाबुरामले अहिलेको यो घटनालाई प्रधानमन्त्रीकै संलग्नतामा राजीतिक ठगी भएको प्रतिक्रिया दिएकाछन् ।

यसअघि पार्टी एकता गर्ने भनेर सहमति नै गरेर गत मंसिरको संसदीय चुनावमा माओवादी केन्द्रकै चुनाव चिह्न प्रयोग गरेका, अझ महत्वपूर्ण संसदीय प्रतिस्पर्धाबाट आफूलाई पन्छाएर आफ्नो भुगोल निर्वाचन क्षेत्र गोरखा दुई सुम्पिँदै चुनाव समेत जिताएर संसद छिराए पनि उनै प्रचण्डको सत्ता लिप्सले आजित भट्टराई प्रचण्डले पछिल्लो पटक कांग्रेसलाई धोका दिएर सत्ताको काँध फेरेपछि रुष्ट थिए । अहिले अर्को पटक आफै चुनाव लड्ने निकर्षमा भट्टराई पुगेका छन् । सहयात्री फेर्दै पटक पटक सत्ताको स्वाद चाख्न पल्केका महिन्द्र राय यादव २०७९ मा उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी फुटेपछि उपेन्द्र यादव छाडेर बाबुरामको सहयात्री बनेका थिए । सत्ताको हतारोमा रहेका यादव समूह यस्तो अवस्थामा पार्टी नहुने संकेत देखिएपछि पार्टीभित्र नै पार्टी एकता गर्ने सवालमा विवाद बढेपछि नेसपाका यादव पक्ष सुटुक्क माओवादीसँग कुम जोड्न पुगेका छन । चार गते पार्टीको वैठक बस्नु पूर्व नै बैठक छल्दै माओवादीसँग मिल्ने निर्णय गरेका छन । यसलाई स्वभाविक मान्नु पर्ने बामपन्थी नेताहरुको तर्क छ ।

चुनावले सुमधुर बनेको प्रचण्ड बाबुराम सम्बन्धमा फेरि दरार पैदा भएको छ । प्रचण्डले आफु साक्षी बसेरै बाबुरामको पार्टी फुटाईदिएपछि भट्टराई थप रुष्ट बनेकाछन् । विश्वास–अविश्वास, प्रशंसा–गालीगलोज र मिलन–बिछोडले भरिएको बाबुराम प्रचण्डको मिलन विन्दुको आधार नेसपा नै बन्छ वा अन्य केहि ? आफ्नो शक्ति कमजोर हुन साथ अन्य शक्तिसँग मिलेर वा अरु नै थपथाप गरेर आफ्नो राजनीतिक अस्तित्वको लडाईमा रहेका भट्टराई कसरी अगाडी बढ्ला आम चासोको विषय बनेको छ ।