Breaking

रविलाई प्रचण्डको साथ, माओवादी नेता थुन्न तयार, वर्षमानको बयान, नन्दबहादुर र महरा संकटमा (भिडियोसहित)


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेस्रो पटक समीकरण फेरेर मन्त्रिमण्डल पुर्नगठन गरेको पनि झण्डै दुई साता बितेको छ । कांग्रेससँगको समीकरणबाट उकुसमुकुस भएर रास्वपा र एमालेसँगको समीकरणबाट अहिले सरकारले गति लिन खोजेको देखिन्छ । तर उनैका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हटाउनु पर्ने मागसहित प्रतिपक्ष कित्तामा उभिएको कांग्रेसले संसद् अवरोध गरिरहेको छ ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको गठजोडमा बनेको सत्ता सहकार्यको नयाँ समिकरणमा यति बेला रास्वपा देखि जसपा र समाजवादी देखि माओवादी एउटै बास्केटमाछन् । यद्यपी कांग्रेसको मुखैबाट खोसिएको सत्ताको प्रतिशोधदेखि रास्वपाको सत्ता हुटहुटीसम्मको बोझ अहिलेका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले खेपिरहेकाछन् ।

गत फागुन २३ गते दोस्रो पटक गृह मन्त्रालय सम्हालेका रविले लय समाउन नपाउदै उनी प्रतिपक्ष कांग्रेसदेखि सत्ता गठबन्धनभीत्रैको दलको चेपुवामा परेका छन् । गृहमा उपप्रधानसहित रविको अस्तित्व स्विकार्न उनकै मन्त्रिमण्डललाई सकस परेको देखिन्छ ।
छोटो समयमा राजनीतिमा फड्को मारेका रविलाई अहिले पनि धेरैले भदौको भेल भनिरहेकाछन् । तर रविले अब मौसमी भेल नभएर सदाबहार रुपमा बग्ने नदिका रुपमा आफुलाई प्रस्तुत गर्दैछन् । उनले गृहको बागडोर सम्हाले लगतै आरती साह र मिटरव्याज पीडितसंग गरेको सम्झौताले पनि रविको कामगर्ने हुटहुटीलाई मुल्याङकन गर्न सकिन्छ । रविको यो कामलाई लिएर सत्ता घटक दलका नेता केपी ओली र स्वयम प्रधानमन्त्री प्रचण्डले समेत तारिफ गर्न भ्याए ।

पुराना दलका पूराना नेताको कार्यशैलीबाट वाक्क भएकाहरुले पनि केही झिनो आशा राखिरहेका बेला अहिले प्रचण्ड तह लगाउन कांग्रेसले रविलाई नै निशाना बनाएपछि सदन मात्रै बन्धक भएको छैन्, उनले कांग्रेसलाई जवाफ दिन समय माग्दा समेत पाएका छैनन् । तर उनले कांग्रेसलाई आफूमाथि उठेका नैतिक प्रश्नको जवाफको फेहरिस्त भने तयार पारेका छन् । अहिले कांग्रेस र गृहमन्त्रीको जुहारी नै चलेको छ ।

कांग्रेसले संसद गिजोलेकै बेला गृहमन्त्री लामिछानेको हातमा सुन तस्करी छानविन आयोगको प्रतिवदेन हात परेको छ । उनले यही बीचमा अनुसन्धानमा त्रुटी देखिएका प्रहरी अधिकृतको सरुवा देखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेर प्रहरीको कस्टडीमा हालेकाछन् । रविको एक्सनले अहिले राष्ट्रीय राजनीतिमा सुनको सुनामी मात्रै आएको छैन कि, माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरादेखि माओवादीकै अर्थमन्त्री वर्षमान पुन समेतलाई तान्ने बाटो खुलेको देखिन्छ ।

त्यति मात्रै होइन गृह मातहककै उच्चस्थ प्रहरीहरुकै संल्ग्नताले छानबिनको थप दबाव बढेको छ । १३८ किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकारसँग ११ पटक टेलिफोन संवाददेखि मुद्धा चलाउन गरेको हतारोमा समेत मन्त्री पुनमाथि समेत प्रश्न उठिरहेको छ । तर उनी भने आफू निर्दोष रहेको र जुनसुकै अनुसन्धानमा सघाउन तयार रहेको प्रतिक्रिया दिईरहेकाछन् ।

रविको अहिलेको रफतारमा प्रचण्ड स्वमय बाधक बन्ने एका थरीको बुझाई छ। सुरक्षाका जानकारहरु सुनका सिंगो माओवादीको भूमिका शंकास्पद रहेको र सबैलाई सुनमा डामेर पार्टी रित्तिने अवस्थामा आए भोलि रविलाई रोक्न पहिला प्रचण्ड अघि सर्ने विश्लेषण हुन थालेको छ ।

अहिले एमाले अध्यक्ष ओली प्रचण्ड र रविलाई मुलकुको बागडोर सुम्पिएर रमिते भएकाछन् । ओली ताकपरे प्रचण्ड रवि भिडाएर पछि केही नलागे आफै नेतृत्वमा जाने सम्भावना पनि जिवित छ । उनले रविलाई प्रयोग गरेर माोवादीका नेतालाई जेल हाल्ने र पार्टी क्षयकरण भएपछि आफु अरुकै साथमा सर्वशक्तिमान भएर चुनावी सरकारको नेतृत्व गर्न जाने अवस्था छ । रविका लागि सहकारी घोटला प्रकरणको अस्त्र बाँकी रहेकाले रवि सुझबुझ पूर्ण ढङगले अघि नवढे जुनसुकै बेला दुर्घटनाको डिलमा पुग्ने अर्थमा पनि हेरिएको छ । रविले सत्ता छोड्नु परेपनि भ्रष्ट नछोड्ने अठोट लिएका कारण उनिसंग माओवादी एमाले झस्किन थालेकाछन् ।

मन्त्रीपरिषद्को बैठकमै गृहमन्त्रीले प्रधानमन्त्रीलाई बिफ्रिङ गर्दै मन्त्रालयमाथि हस्तक्षेप असैह्य हुने तर्क गरिरहेका बेला माओवादीकै नेता उपर कारबाही गर्न गृहमन्त्रीलाई सहज नहुने देखिन्छ । यता मन्त्रिपरिषद्ले नै अध्धयन गर्दै कार्यान्वयन गर्दै जाने बताइरहेका बेला गठबन्धनकै मन्त्री र पूर्व मन्त्री उपर छानबिन गर्नुपर्ने दबावमा गृहमन्त्री छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पक्राउ परिसकेको र केहीमाथि प्रहरीले रेकी गरिरहेका बेला सुन प्रकरणमा जनतालाई विश्वास हुनेगरि सुशासन प्रत्याभूति गराउन नसके स्वयम गृहमन्त्रीमाथि नै प्रश्न उठ्ने देखिन्छ ।।