Breaking

एमाले एक गर्न माधवकै प्रस्ताव, ओलीका लागि प्रधानमन्त्रीको बाटो खुल्ने, विगत बिर्सन कति सहज? (भिडियोसहित)


काठमाडौँ— अपमान भयो भन्दै बाटो तताएका माधव र शेरशेर एकै ठाँउमा रहँदैनन् धेरै वेर भन्ने प्रचण्ड तथा ओली अहिले एक ठाँउमा उभिएका छन् । जसमा पार्टि नै फुटाएर हिडेका माधव र ओलीबीचको मितत्रा कहिलेसम्म टिक्छ आम चासो छ । नाम लिदै पटक गुल्ला गर्ने उद्घोष गरेका ओली किन वेत जस्तै लचक बने अर्को प्रश्न रहँदा यो वाम एकताकै आधारविन्दू हो त ? प्रश्न त्यहा पनि छ । यो अवस्थामा के ओली माधव एकै ठाँउमा अटाउलान् त ? के के छन बाध्यता र बाधक पक्ष ?

कुनै वेला काटकाटको सम्बन्ध रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष वाध्यता र परिस्थितीले चाटचाट गर्ने अवस्थामा आईपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरेको कोल्टे र त्यसैमा सोहोरिएर आएका माधव अहिले एमालेको आगमा पग्दा उनीहरुको मिनल हून्छ त ? आम चासो छ । हुन पनि उनको नाम लिदैपिच्छे मुख कुल्ला गर्ने ओलीको यो पल्टको लचकता बढो शंशसयपूर्ण देखिदाँ माधव निवास कोटेश्वरसम्म कै उनको यात्रा कम अर्थपूर्ण पनि छैन । जहाँ मोटाएर हात्ती हुन नसक्ने बाध्यतामा एमाले र एकीकृत समाजवादी नै रहँदा यो उनीहरुको एकताको आधारविन्दु बन्ने सम्भावना समेत उत्तिकै छ । जसलाई यो गठबन्धन नै नटिक्ने समाजवादीकै केहि नेताहरुको अभिव्यक्तिले शंकास्पद बनाउँदा गठबन्धन नभएपनि एकता हुनसक्ने अवस्था रहेको एकाथरीको विश्लेष समेत छन् । उनीहरु अहिले ओलीले चाहेको नै प्रचण्ड भन्दा उनका केहि नेता भित्याउने अवस्था,एमाले फुटको परिपूर्ती भएको तर्क समेत गर्छन ।

त्यस्तै उनलाई १४ महिना प्रधानमन्त्री बनाउने शर्त स्वीकार गर्न तयार भएको चर्चा अर्को आधार बन्दा विकल्प नै खोज्ने गरि पार्टिमा तयार भएको वातावरणले गलेका ओली समेत अर्को कारण मानिएको छ । जहाँ अहिले प्रतिनिधिसभामा एमाले ७८ र एकीकृत समाजवादीका १० सांसद छन् । यसको अर्थ एमाले र एकीकृत समाजवादी एकीकरण भए संसदमा एमाले ठूलो पार्टी बन्ने फाईदा रहँदा यो सरकार तलमाथि भए देउवा फाईदामा जाने अवस्थाको समेत अन्त्य हुने छ । त्यस्तै मध्यरातमै बाटो फेर्दै हिड्ने प्रचण्डले समेत माधवलाई हैरान खेलाएका छन् । अहिले माधव पनि बढो भावुक सुनिन थालेका छन् । फलत ः प्रधानमन्त्री र अध्यक्ष चाहिएको नचाहिएको तथा सबै कम्युनिष्टहरूलाई मिलाउन तयार भएको बताएका उनले अहिले नयाँ चरणको छलफलमा रहेको बताएका छन् ।

तर अवस्था त्यति सहज पनि छैन् । सत्ता गठबन्धनम जानु माधवको बाध्यता भएको बताउनेहरु पनि छन् । वामएकताको आधार तय हुँदा समेत छलफलमै नआएको भन्दै कम्युनिष्ट फुटाउने शकुनीको सज्ञा अझ बलियो बन्ने भन्दै उनी त्यहा सामेल हुन बाध्य भएको उनीहरुको तर्क छ । त्यस्तै यो गठबन्धन नै सिद्धान्तको भन्दा स्वार्थको रहेको बताउने उनीहरु त्यसैले निर्माण गरेको ग्लुले ओली माधव एक ठाँउमा ल्याउन काम गर्नेमा उनीहरु आशावादी देखिदैनन् । त्यस्तै समाजवादी भित्र फुटको औचित्य पुष्टि गर्न नसकेको भन्नेहरुको मत बलियो बन्दा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष ऋषि कट्टेल अहिलेको निर्णयले नै माधव माथि दवाव बढेको बताँउछन । यहि कारण एमालेसंग नै मिसिने कि गठबन्धन नै छोड्ने भन्ने दवाव विस्तारै उनीमाथि बढ्ने पक्का हुँदा माधव एमाले रोज्ने सम्भावना कम रहेको उनको संकेत छ । जुन शक्तीले पार्टी फुटाउन उनलाई प्रेरित गर्यो त्यो अनुकुल वर्तमान गठबन्धन नभएको बताँउने उनी त्यहिबाटो मार्फत माधव ओली एक होलान भन्नेमा विश्वास गर्दैनन् ।

यता संविधानत माधव प्रधानमन्त्री हुने सम्भावना नरहँदा ओलीले भने उनलाई प्रधानमन्त्री बनाउन गबठन्धन नबनाएको बताएका छन् । सधै उधारोमा सहमती गर्ने उनलाई ओलीप्रति त्यति विश्वास नै भईहालेको नबुझिदा माओवादी भन्दा एमाले नै ठिक भन्ने अवस्था भने छ । जसले यो गठबन्धन पनि फुटे उनको निकटता एमालेतर्फ नै बढ्ने सम्भावना बढि हुँदा फुटको औचित्य पुष्टि गर्न माधवलाई र गल्ती महसुस गर्न ओलीलाई कम्ता सकस पर्ने छैन् ।