Breaking

प्रचण्डलाई आफ्नै वचन भारी, सजिलो खोज्दा आफैँ सकिँदै, सत्ता पक्षकै धम्की, ओलीको भित्री कदम ?


काठमाडौँ – काम गर्न सजिलोका लागि कोल्टे फेरेको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अघि चुनौतीको चाङ छन् । विपक्षीले बढाएको घेराबन्दी र आरोप लागेकाहरुलाई बोकेर हिँड्नुपर्ने अवस्थाका प्रचण्डलाई एमालेले समेत सोचेजति आडभरोस भने दिएको छैन । फलतः उनको यात्रा संकटतर्फ उन्मुख देखिँदा कहाँ कहाँ छन् त संकट ?

सत्ता सम्हालेको एक वर्षपछि नै धक्का दिने गरी काम गर्न नसकेको भन्दै काध फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संकटको दलदलमा छन् । सुन प्रकरणको जालो आफ्नै नेतासम्म आइपुग्ने अवस्थामा काम देखाउनुपर्ने दवावमा रहेका गृहमन्त्री रवि लामिछाने नै प्रचण्डका लागि पहिलो चुनौती बनेका छन् । उनले साथ छोडे सत्ता नै जाने, नछोडे उनीमाथि उठेको प्रश्नको सफाइ दिँदैमा समय जाने बाध्यतामा प्रचण्ड छन् । जसलाई केहिदिन अघिसम्म प्रतिपक्षमा बसेको एमालेले उठाएको मुद्दालाई नजिर बनाँउदै प्रतिपक्षी कांग्रेसलेसमेत एजेण्डा नै बनाएको छ । अर्थात नाम मुछिएका मन्त्रीहरुकै कारण काम गर्न नसकेको भन्दै गठबन्धन फेर्नु परेको एक कारण बताएका उनले रवि जस्ता पात्रलाई कसरी बोक्न पुगे ? कांग्रेसले प्रश्न पेचिलो बनाउँदै छ । जसको जवाफ प्रधानमन्त्रीले संसदमा दिनुपर्ने भन्दै कांग्रेस सांसदले संसद नै अवरुद्ध गर्दा उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

यता रविलाई काम गनुपर्ने दबाब छ । प्रचण्डको मुख हेरे आफ्नै मुख हेर्न लायक नरहने जोखिममा रहेका उनले त्यसरी अघि बढे गठबन्धन नै नरहने खतरा छ । या त उनलाई नै जेलमा पुर्याउनसक्ने सम्मको अस्त्र लिएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बसेका छन् । फलतः सुशासनका लागि गठबन्धन फेरेको प्रमाणित गर्न प्रचण्डका लागि फलामको चिउरा चपाउनु सहर बन्दा मुख्य दल एमाले पनि खासै प्रतिरक्षामा उत्रिएको छैन । बरु उसैले थालेको संसद अवरुद्धको प्रवृत्तिको मारमा प्रचण्ड पर्दा कांग्रेसले भाग लिएर सरकारप्रति उत्तरदायित्व बहन नगरेको अर्को आक्षेपसमेत पुष्टि नहुने अवस्था छ । जहाँ उसैका नेतासमेत सुन काण्डमा जोडिएको विषय छानविन समितिले औँल्याएको छ । सत्तामै रहेका घटक दलहरु नै आगामी असारसम्ममात्रै यो सरकारको आयू रहेको भन्दै बोल्दै हिँडिरहेको छ ।

हुन त अर्थतन्त्रमा चमत्कार गर्नसमेत त्यति सहज छैन । अर्थात आफैँले भाग पाएपछि अर्थमन्त्रीकै कारण अर्थतन्त्र नसुध्रिको बताउँने छुट प्रचण्डलाई छैन । जसलाई डाक्टरवाला अर्थतन्त्रको हालत हेरेका नेपालीले बन्दुके अर्थतन्त्रमा खासै परिवर्तन महसुस गर्न नसक्ने व्यङ्ग गर्नेहरुसमेत छन् । राजस्वले कर्मचारी पाल्न नसक्ने अवस्थाले अझ चुनौतीपूर्ण बनाउँदा यो गठबन्धनले नै प्रचण्ड सकाउने त हैन भन्ने शंका गर्ने ठाउँ दिएको छ । बाईट……….प्रा. हरिदर्शन श्रेष्ठ, राजनीतिक विश्लेषक
यता संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने काम कांग्रेस बिना चुनौतीपूर्ण रहँदा प्रचण्डको हालत जे भए पनि फाइदामा रहने एमालेको अवस्था अर्को खतरा छ । भलै त्यो कांग्रेस–एमाले गठबन्धनसम्मैको अवस्था हुन नसक्ने विश्लेषणकाबीच माओवादी भित्रै बढेको बन्दुक बोकेका र नबोकाहरुको खाडल पेचिलो बन्दै छ । जहाँ एमालेको पनि रणनीति प्रचण्ड मिसाउने भन्दा उनलाई विकल्पहिन बनाउने र कम्तिमा फुटको क्षति न्यूनीकरणमै केन्द्रित भएको बुझ्न गाह्रो छैन । जसले अन्तिम अवसरका रुपमा ढलिमलि गरिरहेका प्रचण्डलाई तेस्रो शक्ति भएको र अस्थिर संसदीय अंकगणितको फाइदाले यो चोटी पनि मालामाल गराउने सम्भावना कम छ ।