Breaking

रवि लामिछानेविरुद्ध कुनै उजुरी परेको छैन, आधार देखाऊ, आफैँ राजीनामा दिन्छौँ : रास्वपा


काठमाडौँ— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीसम्बन्धी केही प्रश्नहरू गृह मन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन चुनौती दिए । उनले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्ने कुरा राम्रो नरहेको पनि बताए । पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनको दाबी छ ।

उनले कुनै राजनीतिक दलका नेताहरूले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए ।

हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्यूप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरूले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ । रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरूलाई थाहा छ । कम सेकम त्यति त हेर्नुपर्ला । हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहिँ कहाँ लागेको छ रु कसले लगाएको छ रु राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरूले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छौँ, उनले भने ।

आज गृहमन्त्री लामिछानेको राजीनामा माग्दै कांग्रसले संसद् अवरुद्ध गरेको थियो ।