Breaking

मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर भाग्दै गर्दा स्थानीयको घेराउमा परेपछि झोला फालेर भागेका थिए लुटेरा(तस्वीरसहित)


काठमाडौँ— मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर पैसा लुट्ने समूह प्रहरी नियन्त्रणमा आएको छ । भारतबाट आएको एक समूहले आज रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्स्फरका सञ्चालक नितेश साहलाई कन्चटमा गोली हानेर पैसा लुटेको थियो ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार पैसा लुटेर भाग्ने क्रममा स्थानीयको घेराउमा परेपछि उनीहरू पैसाको झोला फालेर भागेका थिए । पैसा कति लुटिएको थियो र कति फिर्ता भयो भन्नेबारे यकिन भइसकेको उनले बताए ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह भारतको बिहारस्थित मोतिहारीको पूर्वी चम्पारणबाट आएको हो । समूहमा मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।