Breaking

सुन प्रकरणमा सहसचिव झलकराम अधिकारीलाई कारबाही सिफारिस


काठमाडौँ – सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।