Breaking

लिखत पारित २१ प्रतिशत बढ्दा राजस्व १ प्रतिशत घट्यो


काठमाडौँ – गत आर्थिक वर्ष(आव) २०७९/८० देखि सुस्त देखिएको घरजग्गा कारोबार चालु आव पनि सुस्त नै देखिएको छ ।

संख्यात्मक रूपमा घरजग्गा कारोबारमा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिए पनि सरकारले प्राप्त गर्ने राजस्व भने घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

चालु आव २०८०/८१ को आठ महिना (साउन–फागुन) मा देशभरिका मालपोत कार्यालयबाट ३ लाख २९ हजार ९ सय २३ लिखत पारित हुँदा २५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

गत आव सोही अवधिमा २ लाख ७२ हजार १ सय ५७ लिखत पारित हुँदा २५ अर्ब ५० करोड ९८ लाख राजस्व संकलन भएको थियो । चालु आव आठ महिना सकिँदा गत वर्षको तुलनामा लिखत पारित २१.२३ प्रतिशतले वृद्धि भए पनि राजस्व संकलन भने १.०४ प्रतिशतले घटेको हो ।