Breaking

आगामी दिनमा संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ : काँग्रेसको चेतावनी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले आगामी दिनमा संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।

नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराउनुभएको हो ।
बुधवार प्रतिनिधि सभा बैठक शुरु हुने बित्तिकै बोल्दै उहाँले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो ।

सचेतक थिङ सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो ।

‘उहाँले आफ्नो मुद्दामा आफैं न्यायाधीश हुनेगरी कानूनमै उथलपुथल हुने गरी गृहमन्त्री बनाएर ल्याउनु भएछ । त्यसकारण यसको जवाफ कसले दिने हो, म सम्मानित सदनमा प्रश्न गर्न चाहन्छु । त्यसै गरी अर्को प्रश्न पनि म के जोडन चाहन्छु भने तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएको कुरा आएको छ । यो विषयहरुमा निराकरण नभएसम्म अवको सदनहरु त्यति सहजै चल्छन भन्ने अनुमान नगरिदिन हुन पनि विम्ति गर्दछु ।’ सचेतक थिङले भन्नुभयो ।
सचेतक थिङले संसदमा सरकारमाथि प्रश्नप्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिनुभयो ।