Breaking

कांग्रेसप्रति प्रचण्डको आक्रोश : म होइन, कांग्रेस विश्वासघाती


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन् । उनले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताए ।

विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताए । उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’

राजनीतिक घटनाक्रम र उतारचढावको बीचबाट जनतामा एक चोटी स्थापित भएको मान्यता अनुसार जानु उपयुक्त हुन्छ भनेर आफूले फेरि कांग्रेससँग सहकार्य गरेको उनले बताए । ‘प्रधानमन्त्रीका रुपमा जस्तो संकल्प साथ म सक्रिय थिएँ, टीम त्यही रुपको नभएको मेरो अनुभूति रह्यो,’ उनले अगाडि भने, ‘सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’

सरकार पुनर्गठन र मन्त्रालय हेरफेर गर्न चाहे पनि गठबन्धनमा सहमति नभएको उनले बताए ।