Breaking

प्रचण्डको धोकाले ‘कोमा’मा कांग्रेस, गगनको बोल्ती बन्द, चुपचाप देउवा, कहाँ हरायो भिड्ने हुँकार ?


काठमाडौँ – सत्तासँगै राष्ट्रिय सभाको अध्यक्षमा समेत धोकाको श्रृंखला व्यवहोरेको नेपाली कांग्रेस तत्काल के गर्ने भन्नेमा अलमलमा छ । आफूले देखाएको छटपटीले परिणाम नदिने भएपछि पार्टी सभापति शेरबहादुर देउवा मौन छन् । अर्कोतर्फ गठबन्धन फुटाउने आरोप खेपेका नेताहरु स्पष्टीकरणमा लाग्दा तत्काल केही गर्न सक्ने अवस्थाबाट कांग्रेस पछि सरेको छ ।

६ ओटा कारण देखाँउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो मोडेपछि कोमामा पुगेको कांग्रेस के गर्ने भन्नेमा अलमलमा छ । सुरुका दिनमा केही गर्न सकिन्छ कि भन्ने नेताहरुको प्रयास विस्तारै सिथिलतातर्फ उन्मुख हुँदा वैकल्पिक गठबन्धन निर्माण गर्ने प्रयासमा माधवकुमार नेपालले पानी खन्याइदिएका छन् । अर्थात उनलाई स्ट्राइकर बनाएर प्रचण्डमाथि प्रहार गर्ने गोटी कमजोर बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा मौन देखिँदा प्रधानमन्त्रीले विश्वासको मत पाउने वातावरणले अझ पिरोलेको छ । आफ्नो यो हालत खाबो चिथोर्नेभन्दा माथि नहुने बुझेकै कारण महामन्त्री विश्वप्रकाश शर्माले सत्ता परिवर्तनको देउसी नखेल्ने बताउँदा अन्य नेता पनि गठबन्धन टुटाएको दोषबाट मुक्त हुने बाटोमा देखिएका छन् । फलतः कहिले हिन्दु धर्म आफ्नो एजेण्डा नभएको, कहिले गठबन्धनबारे पार्टीले केही निर्णय नगरेको जस्ता प्रष्टिकरण दिइसकेका नेताहरु तत्काल प्रचण्डलाई गलत देखाउने भाष्य निर्माणमा लागि परेका हुन् ।

यहीबीच कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस–माओवादी गठबन्धन तोडिनुमा प्रधानमन्त्री प्रचण्ड नै भएको बताएका छन् । कांग्रेसकै कारण गठबन्धन टुटेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अरूलाई दोषारोपण गर्ने कुरा मात्र भएको जिकिर गरेका उनलाई नै मन्त्रीबाट फिर्ता ल्याउन नसकेका कारण प्रचण्ड देउवासँग बिच्किएको चर्चा छ । जसले आफू केन्द्रीय पात्र रहेको महसुस गरेरै हुनुपर्छ प्रष्टिकरण दिँदै आएका उनले मंगलबार आफूले अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरेर चोखिने प्रयास गरे ।

पार्टी भित्र पनि मन्त्री परिवर्तनमा बखेडा झिक्नेले प्रधानमन्त्री कै पालो फर्ने बेला के गर्छन् भनेर माहोल शान्त बनाएका उनीमाथि प्रचण्डले बजेटमा मुठ्ठी कसेको आरोप लगाएका थिए । यता यो पल्ट देउवानिकटकै कारण गठबन्धन फुटेको भनिहाल्ने नैतिकतामा महामन्त्री गगन थापा पनि छैनन् । बरु छातिमाथि ढुङ्गा राखेर आफ्ना एजेण्डा पूर्ण भएको दावी गर्न उनी बाध्य छन् । बढी बोले एमालेसंग मिलेर गठबन्धनविरुद्ध काम गर्नेले ओलीलाई किन फकाउन नसकेको भन्ने देउवाको गाली खानुपर्ने अवस्थामा उनीलगायतका नेताहरु देखिन्छन् । फलतः किन चाउरिस् मरिच ? आफ्नै रागले भन्ने उखान कांग्रेसमा लागु हुँदा विगतमा जस्तो दोषारोपण गर्ने अवस्था छैन ।

यसैले विगतमा प्रचण्डले गठबन्धन तोड्दा जस्तो सन्नाटा यो पटक कांग्रेसमा नदेखिँदा गगन संसदीय दलको नेता फेरेर फेरि एमाले फकाउने रणनीतिमा लाग्नुपर्ने दवाव बढाइरहेका छन् । तर त्यसलाई पनि यो गठबन्धन आफूले फुटाएको भन्दै चीनलाई जस नदिन भन्दै ओलीले दिएको सार्वजनिक अभिव्यक्तिले प्रश्न उब्जाएको छ । जहाँ महामन्त्री डा. शंशाक कोइराला भने गठबन्धन टुटेर सिंगो कांग्रेस एकढिक्का हुने अवसर प्राप्त भएको बताउँछन् । कांग्रेसले अब पार्टी सङ्गठन बनाउने तथा पार्टीभित्रका सवै साथीहरूलाई एकढिक्का बताउने उनको दावी छ । वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउँदै बेइमानीको राजनीति धेरै समय नटिक्ने उनको भनाइ धेरै कांग्रेस नेताको साझा बोली हो ।

हुन त हिजो भेट्घाट नगर्ने कांग्रेस नेताहरुको दिन कै दुई दुई ओटा बैठकले नै उनीहरुको छटपटि प्रष्ट छ । भावी रणनीति तय गर्ने भन्दै वर्तमान र पूर्व पदाधिकारीको बुढानीलकण्ठमा बसेको बैठकले समेत यो हतारोलाई बल पुर्याउछ । जुन वामएकततर्फ अघि बढ्ने माओवादी र एमालेको कदमले अझ बढ्ने पक्का छ । यो अवस्थामा कम्युनिष्टमा फाटो ल्याएर पुन प्रचण्ड नै बोक्नुपरे पनि पछि नपर्ने अवस्थामै कांग्रेस पुग्ने सम्भावना बढ्दा प्रचण्डको आत्मविश्वास समेत यसैमा अडिएको छ । जसले कांग्रेस र एमाले जस्ता शक्ति सरकार निर्माणको आधार मात्रै बन्ने तर प्रचण्ड भने पाँचै बर्ष प्रधानमन्त्री नबन्लान भन्न सकिँदैन । जुन संकटलाई चिर्न कांग्रेसलाई त्यति सहज छैन ।