Breaking

एडीबीको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री जर्जिया जाने


काठमाडौँ— एसियाली विकास बैंकको ५७ औं वार्षिक बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री वर्षमान पुन सहभागी हुने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०–२३ वैशाखसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एडीबीको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको हो ।

बैठकले संयुक्त राष्ट्र संघ मातहतको ‘सीएसडब्यू’ को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिएको छ ।