Breaking

नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौं : ओली


काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरुले नबनाएको स्पष्टीकरण दिएका छन् ।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरे ।

‘यो परिर्वनन हामीले गरेको–गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदिएको रे चीन आयो रे ! चीन घुस्यो रे ! यस्तो खालको कुरा नगरे हुन्छ ।’

उनले अगाडि भने, ‘यत्रो मिहिनत गरेर बनाइएको छ । यति त जस त दिनुस् ।’

सरकारमा जाने हतारोले नभई देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको उनको तर्क छ ।