Breaking

थुनुवा पक्राउ गर्न लाग्दा लडेर प्रहरी जवानको मृत्यु

योहो संवाददाता

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका एसएसपी प्रज्वल महर्जनले बताए ।