Breaking

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता


काठमाडौँ – राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी ९लोसपा०का शेखरकुमार सिंह छन् ।

भोलि मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन् ।